Bio-data / C.V./ Resume के हो ? किन लेख्ने ? कस्तो लेख्ने ?

Bio-data / C.V./ Resume भन्नले साधारण अर्थमा कुनै पनि व्यक्तिको सम्बन्धमा निजले लिखित रुपमा घोषणा गरेको त्यस्तो बिबरण हो जसमा उसको परिचय, उसले आर्जन गरेको ज्ञान, योग्यता, अनुभव तथा रुचीको सम्बन्धमा संक्षिप्त रुपमा उल्लेख भएको हुन्छ ।
आकर्षक जागीरको खोजिमा रहेका व्यक्तिहरुको लागि Bio-data / C.V./ Resume किन महत्वपूर्ण हुन्छ त ? किनकी, यसको अध्ययनबाट नै रोजगारदाताले वा अन्तरवार्ताकारले तपाईलाई जागीरको लागि वा अन्तरवार्ताको लागि छनौट गर्ने वा नगर्ने भनि निर्णय गर्न सक्दछ । यसमा तपाईले आफ्नो बारेमा त्यस्तो बर्णन गरिरहनु भएको हुन्छ, जुन सकारात्मक वा नकारात्मक कुनै पनि हुन सक्छ । तथा यो नै त्यस्तो चिज हो जसले तपाईको परिचय, ज्ञान, योग्यता, अनुभव तथा रुचिको साथै तपाईको क्षमता, दक्षता जास्ता कुराहरुलाई जस्ताको तस्तै रोजगारदात वा अन्तरवार्ताकार समक्ष पुरयाई दिन्छ, जस्तो तपाई पुरयाउन चाहानु हुन्छ । यसले नै तपाईको प्रथम तथा महत्वपुर्ण छाप वा आकृतिलाई रोजगारदा वा अन्तरवार्ताकार समक्ष निर्माण गर्दछ, जस्तो तपाई निर्माण गर्न चाहानु हुन्छ ।
हाम्रो वरिपरिका छर-छिमेक, नातागोता वा साथीभईहरु योग्य, दक्ष, इमान्दार र लगनशिल भएर पनि समयानुसारको आकर्षक जागीर पाउन नसकी अनाकर्षक जागीरमा जिबन बिताई रहेका हुन्छन । यस्तो हुनुमा उनिहरुको भाग्यले भन्दा ज्ञान, अनुभव र नकारात्मक सोचले काम गरिरहेको हुन्छ । किनकी उनिहरु आफ्नो राम्रो, आकर्षक र यथार्थ बैयक्तिक बिबरण (Bio-data / C.V./ Resume) बनाएर बढी भन्दा बढी सहि रोजगारदाता समक्ष पुरयाउने कुरालाई प्राथमिकतामा राख्नुको सट्टा जागीर पाउन नसकेको कुरालाई प्राथमिकतामा राखेर, सोचेर खिन्न भई समय बर्बाद गरिरहेका हुन्छन, दिन बिताई रहेका हुन्छन । अनि कसरी पाउन सक्छन त आकर्षक जगीर ?
यदि तपाई पनि यस्तो गल्ती गरीरहनु भएको छ भने आजैबाट आफुलाई परिबर्तन गर्नुहोस् र इमानदारिताका साथ सहि सत्य कुरा राखेर आजै राम्रो र आकर्षक Bio-data / C.V./ Resume  बनाउनुहोस् र बढी भन्दा बढी रोजगारदाता समक्ष पुरयाउने कोशिस गर्नुहोस् । किनकी धेरै जसो रोजगारदाताहरुले Bio-data / C.V./ Resume को अध्ययन पश्चात कस्लाई अन्तरवार्ता वा रोजगारीको लागि बोलाउने वा नबोलाउने भन्ने निर्णय गर्ने गर्दछन । यदि तपाई यहां छानिन सक्नु भयो भने मात्र यसपछि आकर्षक जागीरका लागि अन्य प्रक्रिया अगाडी बढने छन । यदि तपाई यहां नै असफल हुनुभयो भने तपाईको आकर्षक जागीर खाने सपना कसरी सम्भब होला त ? तसर्थ Bio-data / C.V./ Resume निर्माण गर्दा निम्न कुराहरुलाई बिषेश ध्यान दिएर निर्माण गर्ने गर्नुहोस् । मलाई बिश्वास छ यसले तपाईलाई जागीरको लागि एक खुडकिला माथी उकाल्नेछ । 
१. तपाईको Bio-data / C.V./ Resume आकर्षक र सम्बन्धित पद वा कार्यको लागि योग्य देखिएको हुनु पर्दछ । 
२. तपाईको Bio-data / C.V./ Resume मा उल्लेख गर्नु भएको कुराहरुलाई प्रमाणित गर्ने खालका प्रमाण—पत्रहरुलाई प्रमाणको रुपमा पेश गर्ने गर्नुहोस् । तर झुठा र  नक्कली प्रमाण-पत्रलाई आधार बनाई नभएको योग्यता, अनुभब र दक्षतालाई उल्लेख गर्ने कोशिस कहिल्यै नगर्नुहोस् ।
३. लेख्दा अक्षर वा Spelling मा गल्ती नगर्नुहोस् । बरु दोहोरयाई, तेहरयाई पढनु होस् । गल्ति भएमा सच्याउनु होस् ।
४. यदि तपाईको Bio-data / C.V./ Resume एक वा दुई पेजको मात्र हुनेभयो भने त्यसमै चित्त बुझाउनुहोस् । अनाबश्यक कुराहरु उल्लेख गरी ठुलो, भद्दा वा अनाकर्षक  बनाउनु भन्दा सहि र यथार्थ कुरा लेखि आकर्षक बनाउनु होस् ।
५. अलग—अलग पदको लागि अलग— अलग Bio-data / C.V./ Resume बनाउनु होस र आबश्यक्ता अनुसार अलि अलि फेर बदल गर्नुहोस् । साथै ति बुंदाहरुलाई Highligts गर्नुहोस जुन बुंदाहरु सम्बन्धित जागीरको लागि आबश्यक छ / महत्वपूर्ण छ । 
६. लामो लामो अनुच्छेद (Paragraph) भन्दा बुंदागत रुपमा लेख्ने गर्नुहोस् । यसले रोजगारदाता वा अन्तरवार्ताकारलाई पुरा पढन मन लागोस वा पढदा रोचक बनोस् ।
७. यदि तपाईलाई आफ्नो Bio-data / C.V./ Resume मा केहि कमी कमजोरी वा अनाकर्षक पो छ कि भन्ने लागेमा साथी भाईहरुको राय सल्लाह, मद्दत लिनुहोस्, वा  आफुभन्दा जान्ने मानिससंग सम्पर्क गरि सुधार गर्ने गर्नुहोस् । 
८. Bio-data / C.V./ Resume संधै सरल तथा परिस्कृत भाषा र शैलीमा लेख्नुहोस, जुन चलन चल्तिमा चलेको हुन्छ वा तपाईंको रोजगारदाताले रुचाएको हुन्छ । तर अहिले बिषेश गरी अंग्रेजी भाषा (English Language) मा लेख्ने चलन निकै प्रचलित भै सकेको छ । 
माथीका बुंदाहरुको अलावा तपाई कुन स्तर (Level) को पदमा कुन कम्पनी, संघ, संस्था वा कार्यालयमा आबेदन दिन लाग्दै हुनुहुन्छ ? भन्ने कुरालाई पनि हेक्का राख्दै तपाईले आफ्नो Bio-data / C.V./ Resume को भाषालाई छनौट गर्नुपर्दछ ।
“तपाईको Bio-data / C.V./ Resume आकर्षक र सुन्दर बनोस, तपाईको उन्नति, प्रगति र समृद्धिमा यो लेखले सहयोग गरोस ।”
—धन्यबाद ।

अबिरल

register

Contact Us

info@jaagirkhane.com
9851087384
sdfsdafsdaf