सफलताको स्वर्णिम नियमहरु

सफलताको स्वर्णिम नियमहरु

जिबनमा सफल बन्ने हरेक व्यक्तिको चाहाना हुन्छ । तर पनि सबैलाई सफलता काहॉ प्राप्त हुन्छ र ? राम्रो शिक्षा र पर्याप्त मेहनतले मात्र पनि संधै सफलता प्राप्त हुन्छ भनेर भन्न सकिन्न । किनकि, धेरै मानिसहरु राम्रो शिक्षा र पर्याप्त मेहनतका बाबजुद पनि पेशाको छनौटमा गल्ती गरिरहेका हुन्छन । उनिहरुलाई आफ्नो गल्तीको महशुस हुंदा सम्म ढिला भै सकेको हुन्छ र  आप्mना समकालिन भन्दा निकै पछाडी परिसकेका हुन्छन । यस्तो अबस्थााबाट ब‘च्नको लागि समयमै आफ्नो लक्ष्यको सहि निर्धारण गरी सफलता प्राप्त नहुन्जेल सम्मका लागि प्रत्येक कदममा निरन्तर रुपमा आफुले आर्जेको ज्ञान, बुद्धि र बिबेकको सहि प्रयोग गरिरहनु पर्दछ । जसले तपाईलाई कालान्तरमा सफलताको शिखरमा पु¥्याउ‘‘दछ । यसका लागि तपाईले यि ५ वटा कुरामा बिशेष ध्यान दिनु पर्ने हुन्छ । जसलाई सफलताको ५ स्वर्णिम नियमहरु भनेर भन्ने गरिएकोक छ ।

१.    बास्तबिक लक्ष्यको निर्धारण :
सफल जिबनको लागि सबै भन्दा पहिले लक्ष्यको सहि पहिचान / निर्धारण हुनु जरुरी हुन्छ । तपाईले आफ्नोे लक्ष्य पहिचान / निर्धारण गर्दा जहिलै पनि आफ्नोे रुचि, ज्ञान, क्षमता र प्राथमिकतालाई आधार मानेर निर्धारण गर्ने गर्नुहोस्  । कसैले दिएको सल्लाह वा लहडमा नलागी आफ्नोे अन्तरआत्मा लाई सोध्नुहोस्  कि तपाई त्यो काम गर्न सक्नु हुन्छ हुन्न ? त्यो काम प्रति रुचि छ छैन ? तपाईको ज्ञान र क्षमताले कत्तिको साथ दिन्छ ? तपाईको प्राथमिकतामा सो काम पर्छ पर्दैन ?  यस सम्बन्धमा तपाईको अन्तर आत्माले जे जबफ दिन्छ, त्यसकै आधारमा आफ्नोे लक्ष्यलाई निर्धारण गर्नुहोस् ।

२.    कार्यशैली वा रणनीतिको निर्धारण :
लक्ष्य निर्धारण गरिसकेपछि तपाईले सो लक्ष्य प्राप्तिको लागि कस्तो कार्यशैली वा रणनीति अपनाउनु पर्छ भन्ने कुराको पनि समयमै निर्धारण गरि सोहि अनुसार अगाडी बढनु पर्दछ । तपाईको कार्यशैली वा रणनीतिले नै तपाईलाई लक्ष्य सम्म पुग्नको लागि मार्ग प्रदान गरिरहेको हुन्छ  । यस्तो रणनीति तय गर्दा कानून संगत एवं बास्तबिकतामा आधारित भएर निर्धारण गर्नु पर्दछ, ताकी राम्रो परिणाम निस्कन सकोस् । यदि तपाई राम्रो रणनीति बनाउन सकिरहनु भएको छैन भने कुनै बिशेषज्ञ वा जानकार व्यक्तिको सहयोग लिएर बनाउनु होस्, अझ राम्रो हुन्छ । यसमा इमानदारिता पुर्बक बिशेष ध्यान राख्नुहोस कि तपाईको कार्यशैली वा रणनीति तपाईको ज्ञान र क्षमताले गर्न सक्ने भन्दा ठुलो वा बोझिलो हुनु हुंदैन ।

.    अबरोधलाई पहिचान गर्नुहोस र चिर्नुहोस् :
लक्ष्य निर्धारण र कार्यशैली (रणनीति) तयार गरिसके पछि अब तपाई आफ्ना ति कमी कमजोरीहरुलाई हटाउने वा सुधार गर्ने कोशिस गर्नुहोस जसले तपाईलाई लक्ष्य प्राप्तिको लागि अबरोध सिर्जना गरिरहेको छ । यसका लागि तपाई आफ्ना साथीहरु, अभिभावकहरु अथावा गुरुहरुको मद्दत एवं सहयोग लिन सक्नुहुन्छ, जसबाट तपाई सजिलै आफ्ना  कमी कमजोरीहरुको पहिचान गरि आबश्यक सुधार गर्न सक्नुहुनेछ । तपाई आफुले आपैंmलाई प्रश्न गर्नुहोस् कि मेरो यो कमी कमजोरी मेरो लक्ष्य प्राप्तीमा बाधक छ, छैन ? यदि उत्तर बाधक छ भन्ने आएमा आफ्नोे कार्यशैली वा रणनीतिमा फेर बदल गरी प्राथमिकताका साथ आफ्नोे कमी कमजोरीलाई हटाउने गर्नुहोस् । 
 
४.    तपाईको प्रगतिको मुल्याङ्कन गर्नुहोस् :
तपाईले क्रमशः लक्ष्य निर्धारण, कार्यशैली वा रणनीति तय र अबरोधहरुको पहिचान गरि योजना बनाई सकेपछि अब आफ्नो लक्ष्यमा अगाडी बढनुहोस् । लक्ष्यमा अगाडी बढने क्रममा तपाईको कदम तपाईको योजना अनुसार सहि दिशामा नै अगाडी बढदै छ छैन ? समय समयमा मुल्याङ्कन गर्दै गर्नुहोस् । यसका लागि कुनै बिशेषज्ञ वा जानकार व्यक्तिको मद्दत आबश्यक परेमा समयमै मद्दत पनि लिनुहोस । यसले तपाईको प्रगतिको यथार्थ जानकारी दिनुका साथै अन्तिम लक्ष्यसम्म पुग्नको लागि तपाइलाई कति शक्तिको आबश्यक छ भन्ने कुराको सहि जानकारी पनि दिन्छ ।

५.    तपाईको गल्तीलाई बिश्लेषण गर्नुहोस् :
जब तपाई आफ्नो कामलाई मुल्याङ्कन गर्न शुरु गर्नुहुन्छ, तब तपाईले कामका साथै गर्नुभएका गल्तीहरु पनि उजागर हुन थाल्दछ । गल्ती किन भईरहेछन पत्ता लगाउनु होस् र यि गल्तीहरुलाई ध्यान दिएर घटाउने मात्र हैन हटाउने नै कोशिस गर्नुहोस् ।
यदि तपाई पुरा मेहनत, लगन र इमानदारीताकासाथ लक्ष्य प्राप्तीको लागि डटी रहनु भयो भने सफलताले तपाईलाई आपैंm चुम्न आईपुग्नेछ । सबैभन्दा पहिले तपाई  ठुला गल्तीहरुलाई हटाउंदै जानुस्, साना गल्तीहरु आपैंm भाग्नेछन । धेरै मानिसहरु शुरुवाती सफलतालाई नै लक्ष्यमा पुगेको सम्झेर दंग पर्ने गर्दछन, संतुष्ट हुन्छन र कामबाट बिश्राम लिन पुग्दछन वा काममा ढिला सुस्ती (आलस्यता) गर्न शुरु गर्दछन । तर यो मुख्र्याईं हो, गल्ती हो र तपाई यस्तो गल्ती कहिल्यै नगर्नु होस् । सफलता त लगातारको इमानदार प्रयास पछिको त्यो प्राप्ती हो जहॉ पुग्ने तपाईको अन्तिम लक्ष्य बनेको थियो, जसले तपाईलाई असिमित सन्तुष्टि र खुशी प्रदान गरोस् र संधै सोही स्थानमा स्थिर राखी रहोस् जहॉबाट तल (पछाडी) हैन अगाडी बढन सकियोस् ……………….मात्र अगाडी ।
तपाईको आगामी दिनहरु सफलतापूर्ण रहोस् !!!

   — बिशाल

register

Contact Us

info@jaagirkhane.com
9851087384
sdfsdafsdaf