बैदेशिक रोजगारीमा जाने कामदारको बिमा रकम दोब्बर

बैदेशिक रोजगार प्रबद्र्धन बोर्डले आगामी नव बर्ष २०७३ देखि बैदेशिक रोजगारीमा जाने कामदारको बिमा रकम बढाउने भएको छ । चैत्र १७ गते बसेको बोर्डको बैठकले पाँचलाख रुपैयाँ रहंदै आएको हालको बीमा रकमलाई दोब्वर बनाउने निर्णय गरेको हो ।
त्यसैगरी मृत्यु भएमा शब ल्याउने खर्चसहित आश्रित परिवारले १४ लाख रुपैंयाँ पाउने छन् । आगामी बैशाखबाट कार्यान्वयनमा ल्याउने गरी बैदेशिक रोजगारमा जाने कामदारहरुको जीबन बीमा रकम बृद्धि गरेर १० लाख रुपैयाँ पुरयाइएको हो, भन्दै मध्यान्ह राष्ट्रिय दैनिक २५ चैत्र २०७२ मा अगाडी लेख्छ—
बैदेशिक रोजगार ऐन २०६४ को दफा २६ मा बैदेशिक रोजगारमा जाने कामदारको म्यादी जीबन बीमाको रकम पाँच लाख रुपैयाँ तोकिएको छ । गएको माघ १४ गते बैदेशिक रोजगार प्रबद्र्धन बोर्डले यस बिषयमा छलफ गरी अध्ययन समिति गठन गरेको थियो । समितिले बिमाँक रकम दोब्बरले बृद्धि गरि १० लाख रुपैयाँ बनाउनका लागि प्रिमियम लगायतका बिषयमा परिमार्जन गर्न प्रतिबेदन पेश गरेको थियो ।
मृतकको हकमा बीमा गरेको कामदारले शव ल्याउने खर्च तथा काजकिरिया खर्चसमेत गरी १४ लाख बराबरको क्षतिपूर्ति प्राप्त गर्ने बोर्डले जानकारी दिएको छ । त्यसैगरी बैदेशिक रोजगारमा जाने व्यक्तिले करार अबधि भन्दा कम्तिमा ६ महिना थप समय रहने गरी बिमा गर्नु पर्नेछ ।
बैदेशिक रोजगारमा बीमा गराउनका लागि बीमा अभिकर्ताको आबश्यकता नपर्ने भएकाले बीमा अभिकर्ता कमिसन नदिने ब्यबस्थ ा गर्नका लागि बीमा नियमावली २०४९ को अनूसुची ११ संसोधनको प्रक्रिया अघि बढाउन बीमा समितिलाई अनुरोध समेत गरिएको बताइएको छ ।

register

Contact Us

info@jaagirkhane.com
9851087384
sdfsdafsdaf