नारायणकाजीले कतारी मन्त्रीलाई भने, ‘कम्पनी अनुगमन गरिदिनुस्’

  • दूतावासले समस्या पेश गरेको २४ घण्टामा हल गर्छौ: कतारी मन्त्री
होम कार्की, दोहा (कतार)

वैशाख ४, २०७३- पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कामदारलाई नि:शुल्क लागतमा ल्याउन कम्पनीहरुको अनुगमन गरिदिन कतार सरकारलाई अनुरोध गरेका छन् ।

‘कतार सरकारले टिकट र भिसा कामदारले दिनुनपर्ने नीतिलाई हामी धन्यवाद दिन्छौं । हामीले नि:शुल्क रुपमा कामदार पठाउन कार्यलाई व्यवहारमा लागु गर्ने प्रयासमा छौं’, शनिबार बिहान कतारका प्रशासन विकास, श्रम तथा समाजिक मामिला मन्त्री डा. इशा बिन साद अल जाफली अल नुएमीसमक्ष भेट गर्दै भने, ‘यसलाई कम्पनीको तर्फबाट कार्यन्वयन गरे नगरेको अनुगमन गरिदिन अनुरोध गछौं ।’

कतारको श्रम कानुन अनुसार विदेशी कामदारले कामको लागि कतार आउनु परेमा भिसा र हवाईटिकटको शुल्क बुझाउन नपर्ने नियम छ । ‘कतिपय म्यानपावर र कम्पनीबीचको मिलोमतोको कारण कामदारले शुन्य लागतमा आउन पाएका छैनन्,’ उनले श्रममन्त्री नुएमी समक्ष भने, ‘कतार सरकारबाट पनि यो पक्षमा कडाई अनुगमन भइदिए कामदार ठगिनबाट जोगिन्छ ।’

श्रेष्ठले केही कम्पनीमा ४/५ महिनासम्म तलब नदिँदा नेपाली कामदारहरु कम्पनी छाडेर गैरकागजातविहीन भएर काम गर्नुपर्ने अवस्था रहेको बताए । ‘केही कम्पनीले ३ महिनाभित्र भिसा नलगाई अवैधानिक हैसितमा राखिदिएको छ । उनीहरुलाई तलब पनि दिने गरेको छैन,’ श्रममन्त्री समक्ष बनेको विषयलाई उद्धत गर्दै श्रेष्ठले इकान्तिपुरसँग भने,‘ती कम्पनीलाई अनुगमन गरी कारबाही गर्न हामी कतार सरकारसँग अनुरोध गर्दछौं ।’

कामदारको हितको पक्षमा कतार सरकारले पछिल्ला समयमा चालेको कदमहरु निकै सकरात्मक रहेको उनले बताए ।

कतारी श्रममन्त्री नुएमीले कामदारहरुको हितको लागि कतार सरकारले पछिल्ला समयमा कानुनहरु पनि परिमार्जन गरेको जानकारी दिएका थिए । ‘हामीले कामदारको तलबलाई सुरक्षा गर्न बैकबाट अनिबार्य तलब दिने ब्यबस्था गरेको छ’, उनले श्रेष्ठ समक्ष भने,‘यसले धेरै समस्याहरु हल भएको छ ।’

उनले नेपाली दुताबासले कामदारको समस्या लिएर आएको २४ घण्टामा हामी समाधान गर्न तयार रहेको प्रतिबद्धता जनाएको थियो । ‘कुनै नेपाली कामदारको समस्या लिएर दुताबास आएको खण्डमा हामी २४ घण्टाभित्र हल गर्नेछौं’, कतारी मन्त्रीको भनाई उद्धत गर्दे उनले इकान्तिपुरलाई भने,‘कामदारहरुको समस्या समाधान गर्न कतार सरकार प्रतिबद्धत छ ।’

उनले नेपालबाट कामदार ल्याउने प्रक्रिया निकै जटिल रहेको भन्दै कम्पनीहरुबाट गुनासो आउने गरेको भन्दै श्रेष्ट समक्ष भने,‘कामदार आपूर्ति प्रक्रियालाई निकै सहज बनाइदिन हामी आग्रह गर्दछौं ।’

भेटमा कार्यबाहक राजदुत मणिरत्न शर्मा, एमाओबादी विदेश विभागका सचिव युवराज चौलागाई सहितका अधिकारीहरु सहभागी थिए । श्रेष्ठले आइतबार बिहान कतारको परराष्ट्रमन्त्रालयका अधिकारीहरुसँग भेट गर्ने तय भएको छ ।

‘कतारको कानुनलाई सम्मान गरौं’  
श्रेष्ठले कतारमा बस्दा नेपालको राष्ट्रिय प्रतिष्ठामा आँच आउने कार्यमा नेपाली कामदारहरु संलग्न नहुन अनुरोध गरेका छन् ।

‘बैदेशिक रोजगारका लागि कतार आइपुगेका तपाईहरु अवैतनिक राजदुत हो । यहाँको आबासीय कानुनलाई तपाईहरुले पुर्ण रुपमा पालन गर्नुपर्छ’, एमाओवादी निकट नेपाली जनप्रगतिशील मञ्चको चौथो महाधिबेसनलाई सम्बोधन गर्दै उनले शुक्रबार दोहामा भने,‘तपाईहरुले गरेको गतिविधिबाट नेपालको राष्ट्रिय प्रतिष्ठामा आँच नपरोस् ।’

उनले कतार र नेपालबीचको सम्बन्धलाई अझ मजबुत बनाउने कार्यमा नागरीकस्तरको भुमिका महत्वपुर्ण हुने बताए । ‘कतारसँग नेपालको सम्बन्ध राम्रो बनाउन हामी सबै लाग्नुपर्छ’, उनले भने ।

आफु परराष्ट्रमन्त्री भएको बेला खाडीमा कार्यरत नेपाली कामदारको हितको पक्षमा महत्वपुर्ण कामहरु भएको उल्लेख गर्दै भने,‘बैदेशीक रोजगारमा आउन राज्यले रोक्न सक्तैन् । यसलाई ब्यबस्थापन गर्न सक्नुपर्छ । जुन निकै चुनौतीपुर्ण छ ।’

कतारी उच्च अधिकारीहरुसँग आफुले नेपाली कामदारको हितको पक्षमा छलफल गर्ने योजना रहेको बताउदै श्रेष्ठले भने,‘कामदारको निशुल्क आउने ब्यबस्थालाई ब्यबहारमा लागु गराउन आबश्यक छ ।’

साभार :कान्तिपुर, प्रकाशित: वैशाख ४, २०७३

register

Contact Us

info@jaagirkhane.com
9851087384
sdfsdafsdaf