कुबेतमा घरेलु कामदारको तलब बृद्धि – ४० बाट ६० कुबेती दीनार पुर्‍यायो

होम कार्की, दोहा (कतार)

श्रावण १, २०७३- कुबेतले घरेलु कामदार (हाउसमेड)को न्युनतम तलबमा बृद्धि गरेको छ । उसले ४० कुबेती दीनारबाट ६० कुबेती डिनार (झन्डै २१ हजार रुपैयाँ) पुर्‍याएको हो ।

श्रोत देशहरुले हाउसमेडको तलब तथा सुरक्षाको विषयप्रति चिन्ता जनाउँदै पठाउन रोक लगाइरहेको अबस्थामा कुबेत सरकारले नयाँ तलबमान तोकेको हो । आन्तरिक मन्त्री शेख मोहमद खालिद अल सबाहले नयाँ तलबमान सार्बजनिक गरेका थिए ।

कुबेतस्थित नेपाली दुताबासले यसअघि नै नेपाली घरेलु कामदारको न्युनतम तलब ६० डिनार (२०० डलर) दिने भएपछि मात्रै कामदार आपूर्ति गर्न स्वीकृति दिने गरेको थियो । नेपालले कुबेतमा हाउसमेड पठाउन दुई बर्षदेखि नै बन्द गरेको भएपनि तेश्रो बाटो हुदै तस्करी हुने गरेको छ ।

नेपालले संस्थागत रुपमा हाउसमेड पठाउनको लागि नयाँ निर्देशिका तय गरेको छ । जसमा कुबेतको लागि ३ सय अमेरिकी डलर अर्थात झन्डै ९० केडी हुनुपर्ने उल्लेख छ ।
‘गन्तब्य देशले जति तोक्छ । त्यति नै लागु हुन्छ । कि हामीले हाम्रा कामदारलाई यति भन्दा नदिने हो भने पठाउँदैन भन्न सक्नुपर्छ,’ कुबेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले कान्तिपुरलाई भने, ‘होइन भने कुबेतसँग द्धिपक्षीय श्रम सम्झौता गर्नु पर्छ ।’

नेपालले हाउसमेड सम्बन्धी दुई पक्षीय श्रम सम्झौता गरेपछि मात्रै घरेलु कामदार आपूर्ति गर्ने कुबेतलाई जानकारी दिएको छ । त्यसको लागि कुबेत र नेपालबीच श्रम सम्झौताको आन्तरीक तयारीमा जुटेको छ ।

तस्करीको शैलीमा कुबेत पुगेका घरेलु कामदार र रोजगारदाताबीच सम्झौता भए अनुसार तलब लिइरहेको छ । यस्तो अबस्थामा कुबेतले ल्याएको नयाँ मापदण्डले उनीहरुलाई ठूलो राहत मिलेको छ ।

कुबेतले तलबमानसँगै उनीहरुले पाउने अरु सेवासुविधाको विषय पनि सार्बजनिक गरेको छ । जसमा साप्ताहिक बिदा, बार्षिक ३० दिन बिदा, आराम सहित १२ घण्टा काम, बार्षिक एक महिना उपदान दिनुपर्ने उल्लेख छ ।

नेपाली दुताबासका अनुसार कुबेतमा हाल कुबेतमा करिब २६ हजार नेपाली घरेलु कामदार कार्यरत छन् ।

Source: Kantipur,प्रकाशित: श्रावण १, २०७३

register

Contact Us

info@jaagirkhane.com
9851087384
sdfsdafsdaf