कुबेतमा के गर्ने, के नगर्ने ?

होम कार्की, दोहा (कतार)

जेष्ठ १४, २०७३- खाडीमा नेपाली समुदायको उपस्थिति बलियो बन्दै गइरहेको छ । खाडीमा नेपाली नागरिलाई ‘महनती, इमानदारी र लगनशील’ रुपमा चिनिन्छ । यो नै नेपालीको ब्राण्ड हो । पछिल्लो समय कुबेतको प्रशासनमा भने नेपालीको परिचय दिनहुँ खस्किएको छ ।

नेपालीको अवाञ्छित क्रियाकलापबाट नेपाली समाजकै बदनाम भइरहेको छ । हरेक दिनजसो स्थानीय सञ्चारमाध्यममा नेपालीहरु अपराधिक क्रियाकलापमा लागेको फोटो सहित घटनाहरु सार्बजनिक हुने क्रम जारी छ ।

केही दिनअघि कुबेतको सल्वा क्षेत्रमा प्रहरीले ‘रक्सी भट्टी’ नै फेला पार्‍यो । २५० वटा ड्रम र १५ सय बोत्तलमा रक्सी बनाएर राखिएको अबस्थामा काम गर्ने ७ नेपाली समातिए । जुन भट्टी नेपालीबाटै सञ्चालित थियो ।

अर्को घटना थियो, महबोयुलाको । त्यस क्षेत्रबाट एउटा फ्ल्याट भाडामा लिएर संगठीत रुपमा यौन ब्यबसाय गरिरहेको अभियोगमा तीन जना नेपाली महिला पक्राउ परे ।  प्रहरी बिग्रेडियर अब्दुल्लाहा साफाहका अनुसार उनीहरु यौन ब्यबसायमा संग्लन थिए । छापा मार्दा पक्राउ परे ।

परिबन्दमा परेका नेपालीलाई अपराधिक क्रियाकलापमा लगाउनेहरु नेपाली नै छन् । जेलभित्र मात्रै खोज्दै जाने हो भने हत्या, लागूऔषधजस्ता कार्यमा संलग्न अभियोगमा सजाय पाएका ३४ जना नेपाली जेलमा छन् । त्योसँगै नेपाली नेपालीबीच हुने मारपिटले अर्को रुप लिएको छ । समूह समूहबीच झैझगडा हुने, हप्ता असूली कार्यमा देखिने कार्यले कुबेतमा नेपाली समाजप्रतिको छाप धमिलो हुँदै गइरहेको छ । हप्ता नदिएकै निहुँ एक नेपाली युबाको समूहबाट जनप्रगतिशील मञ्चका अध्यक्षमाथि सांघातिक आक्रमण भयो ।

दूताबासलाई समस्यामा परेर निस्किएका महिलालाई अपराधीक क्रियाकलापमा प्रयोग गरेको प्रति अर्को चिन्ता छ । सिधै दूताबासमा पुगे त महिलाहरु सुरक्षीत भएर नेपाल फिर्छन् ।
दलालको हातमा परे भने झन दुख पाउने स्थिति छ ।  २२ बर्षदेखि कुबेतमा कार्यरत बाङलुङका दिलबहादुर पुन मगर ‘सोझा नानीहरुलाई उद्धार गरेर राख्ने बहानामा अपराध जन्य कार्यमा लगाउने कार्य डरलग्दोसँग हिसाबले बढिरहेको’ मा चिन्ता गर्छन् ।

कुबेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमाललाई नेपाली समाजलाई कसरी जनचेतना दिने भन्नेमा चिन्ता थपिएको छ । स्थानीय कानूनलाई पूर्णरुपमा पालना गर्न नेपाली समाजलाई बारम्बार गर्दै उनी यतिखेर नेपाली बस्ने क्याम्पतिर दौडिन थालेका छन् ।

‘कुबेतमा बस्दा के गर्न हुने र के गर्न नहुने’ भनेर सूची लिएर बढ्न थालेका छन् । ‘कसैलाई पनि आँच आउने ब्यबहार हामीबाट गर्नु हुँदैन्’, उनी भन्छन्,‘प्रबासमा बस्दा सबैले आफ्नो र देशको इज्जत प्रतिष्ठा जोगाउने कार्य गर्नुपर्छ ।’

गर्नुपर्ने काम

  • कुबेतको कानुनको पालना
  • राहदानी तथा आबासीय अनुमति (अकाम) को म्याद सकिनुभन्दा पहिले नै नयाँ राहदानी र आबासीय अनुमति लिने
  • आफ्नो राहदानी, आबासीय अनुमति सिभिल आइडी, बैंक कार्डको फोटोकपी राख्ने । बिनाकारण त्यस्ता कागजपत्र कसैलाई नदिने
  • नियमितरुपमा परिवारको सम्पर्कमा रहने
  • रकम नेपाल पठाउदा बैंक मार्फत पठाउने
  • कार्यस्थलमा समस्या वा गुनासा आएमा पहिला कम्पनीलाई खबर गर्ने । समाधान नभए दूताबासमा सम्र्पक गर्न आउने
  • आफू कार्यरत कम्पनी, घरमालिक वा अरुले कसैले कुनै कागजातमा सही गर्न भनेमा राम्रोसँग बुझेर मात्रै सही गर्ने
  • खानपिन, पहिरन र रहनसहनमा उचित ध्यान दिने
  • बाटो काट्दा, ट्राफिक नियमको पालना गर्ने ।
  • अरबी र अंग्रेजी भाषा जानकारी राख्ने
  • ब्यक्तिसँग रकम लेनदेन गर्दा भपाई, प्रमाण राख्ने

गर्न नहुने काम

  • कुबेतको कानुन, धर्म र सस्कृति बिपरीतका काम
  • लागूपदार्थ ओसारप्रसार सेवन एंब बेचबिखन
  • मदिरा (जाँडरक्सी) उत्पादन, सेवा एंब बेचबिखन
  • अनावश्यक जमघट, झगडा, होहल्ला, कुटपिट
  • हतियार साथमा लिएर हिड्ने
  • आर्थिक प्रलोभनमा परेर हाल कार्यरत घर/कम्पनीबाट भाग्ने
  • गैरकानुनी रुपमा महिला एंब पुरुषसगै बसोबास
  • कार्यस्थलमा हड्ताल
  • अन्य ब्यक्तिको सिभिल आइडी, बैंक कार्ड प्राप्त गरेमा दुरुपयोग
  • मदिरा सेवन गरेर सवारी साधन नचलाउनुहोला
  • फेसबुक, ट्वीटर इमेलजस्ता सञ्जालको दुरुपयोग
  • रमजानको समयमा निषेधित समयमा खानेकुरा खुलारुपमा खाने
  • अत्याधिक गर्मीमा काम गरेपछि तुरुन्तै चिसोमा बस्ने, चिसो खानेकुरा खाने

साभार :कान्तिपुर, प्रकाशित: जेष्ठ १४, २०७३

register

Contact Us

info@jaagirkhane.com
9851087384
sdfsdafsdaf